४ आश्विन २०८१, शुक्रबार

बानको छैटौँ महाधिवेशनको उद्घाटन


२४ चैत, काठमाण्डाै । निजी रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान)को छैटौँ महाधिवेशनको उद्घाटन भएको छ ।

दीप प्रज्वलन गर्दै सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

देशमा निजी क्षेत्रबाट सञ्चालित विभिन्न रेडियोमध्ये बानमा अहिलेसम्म २ सय २० सदस्य संलग्न रहेका छन् । देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी झण्डै ४ सय जनाको सहभागिता रहेको छ ।

महाधिवेशनले १७ सदस्यीय केन्द्रीय समितिको नयाँ नेतृत्व चयन गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !