५ जेष्ठ २०८१, शनिबार

मोदीलाई ओलीको नेपाल भ्रमणको निम्तो


२४ चैत, काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको हो ।
पत्रकार सम्मेलनमा ओलीले दुई देशबीचको सम्बन्ध भ्रमणले मजबुद बनाएको भन्दै भारतले गरेको विकासबाट नेपालले अनुसरण गर्ने बताउनुभयो ।

भारतसँगको अतिरिक्त कनेक्टिभिटीका लागि जलमार्ग प्रयोगमा ल्याउन भारतसँग सहमति भएको पत्रकार सम्मेलनमा उहाँले उल्लेख गर्नुभयो । यस्तै भारतले भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने विषयमा भारत प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।

दुवै देशबीच काठमाडौंसँग भारतलाई जोड्ने रेल्वे लाईन विस्तार गरिने सहमति पनि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !