१२ पुस २०८१, शुक्रबार

शेयर बजार : व्यापार समूहबाहेक सबै समूहको परिसूचक बढ्यो


Bullish trend share-market

२१ चैत, काठमाण्डौ  । कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजारमा परिसूचक नेप्से बुधबार पनि बढेको छ ।

पछिल्ला दिनमा लगातार घटिरहेको शेयर बजार मंगलबार ६ अंकले बढेको थियो । नेप्से बुधबार भने २७ दशमलव ४५ अंकले बढेर १२ सय २६ दशमलव ४५ अंकमा उक्लिएको छ । व्यापार समूह स्थिर रहे पनि अरु सबै समूहको परिसूचक बढेकाले नेप्से बढको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले शेयर बजार घटेकोमा चासो लिँदै शेयर धितो राखेर ८० प्रतिशतसम्म कर्जा दिने बारेमा छलफल गर्न सकिने भनेपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको हो ।

नेप्सेसँगै बुधबार कारोबार रकम पनि ११ करोडले बढेको छ । बुधबार १ सय ६२ ओटा कम्पनीका ३३ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

१ सय ४९ वटा कम्पनीको शेयरको भाउ बढेको दिन बुधबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरधनीले १० प्रतिशत कमाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !