७ जेष्ठ २०८१, सोमबार

यशोदाको काजक्रिया ५ दिन मात्रै हुने


Yashoda

२१ चैत काठमाण्डौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगीनी यशोदा सुवेदीको काजक्रिया १३ दिन नभई ५ दिन गरिने भएको छ । यशोदाको निधनले कलाकार मदन कृष्णश्रेष्ठलाई मात्रै हैन मदनकृष्णका प्रशंसक र नेपाली सिनेमा उद्योग र सञ्चार जगतलाई नै स्तब्ध बनाएको छ ।

अन्त्येष्टिका बेला यशोदालाई छोरा यमन श्रेष्ठले दागबत्ति दिएका थिए । मंगलबार पशुपति आर्यघाटमा यशोदाको दाहसंस्कार गरेपछि मदनको परिवार सुनाकोठीमा रहेको निवासमा फर्कियो, जहाँ यशोदाको काजकिरिया भइरहेको छ ।

मदनकृष्णले चलिआएको १३ दिने क्रिया बस्ने परम्परालाई परिवर्तन गर्ने हुनुभएको छ ।  पारिवारिक सल्लाहमा यो निर्णय लिइएको श्रेष्ठको पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकारहरु समाज परिवर्तनका संवाहक पनि हुन् । श्रेष्ठ परिवारको यो कदमले मृत्यु संस्कारको १३ दिने कर्मलाई छोटो बनाउन अभियान चलाई रहेकाहरुलाई पनि सहयोग पुर्याएको छ ।

यशोदा सुवेदीको सोमबार राती निधन भएको हो  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !