![केपी शर्मा ओली](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/03/kp-oli.jpg?fit=768%2C474&ssl=1)
२१ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणको विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । पर्सिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा छलफल गर्न बुधबार बिहान पूर्व प्रधानमन्त्रीलाई बोलाउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली पर्सिदेखि तीन दिने भ्रमणको लागि भारत जाँदै हुनुहुन्छ । उहाँले आउँदो शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुराना सम्झौताको कार्यान्वयनमा जोड दिने बताउनुभएको छ ।