५ जेष्ठ २०८१, शनिबार

पेट्रोल र डिजेलको भाउ बढ्यो


petrol-pump-700x467

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेलको भाउ प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ । निगमले दुई महिनाअघि मात्र पेट्रोलको मूल्य घटाएर १ सय ३ रुपैयाँ कायम गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !