६ जेष्ठ २०८१, आइतबार

थ्रीस्टारले जित्यो मदन भण्डारी गोल्डकपको उपाधि


फुटबल

१९ चैत, रूपन्देही ।  थ्रीस्टार क्लबले बुटवलमा भएको तेश्रो मदन भण्डारी गोल्डकप फुटवलको उपाधि जितेको छ ।

बुटवलको रामनगरमा रहेको मानव ज्ञान माविको मैदानमा भएको फाइनलमा मनाङ मस्र्याङदी क्लबलाई २–१ ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । खेल सुरु भएको दोश्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा मनाङ सोमबार पराजित भयो । उपाधिसँगै थ्रीस्टारले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उपविजेता मनाङले साढे ७ लाख रुपैयाँ पुरस्कार पाएका छन् । १५ दिनभित्र बुटवलमा दोश्रो उपाधि जितेको थ्री स्टारको यो वर्षको यो चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !