६ जेष्ठ २०८१, आइतबार

डीपीएल : अाजकाे खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया भिड्दै


१८ चैत, धनगढी । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा आइतबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया खेल्नेछन् ।

खेल बिहान ९ बजेपछि संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुनेछ । रुपन्देही शक्ति गौचन नेतृत्वको टीम हो भने अत्तरियाको कप्तान सुवास खकुरेल हुन् ।

रुपन्देही च्यालेन्जर्स टिममा जितेन्द्र मुखिया, सागर पुन, प्रदिप ऐरी, प्रकाश जैसी, कुशल मल्ल, बिपिन खत्री, बिक्रम कुमार भुषाल, मोहम्मद सोनु अन्सारी, सुशन भारी, सिद्धान्त लोहनी, अमरसिंह रौटेला र दिपेश श्रेष्ठ रहेका छन् भने विदेशी खेलृाडीमा भारतका दिपक प्रसाद र ओमनका सुफ्यान मेहमुद रहेका छन् ।

त्यस्तै सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, कृष्ण कार्की, कुशल भुर्तेल, प्रेम तामाङ, सागर भण्डारी, सन्दीप जोहरा, कमलसिंह ऐरी, आकाश थापा, विनोद लामा, सुवान्कर उराव, भुवन केसी र रोमन बम रहेका छन् भने विदेशी खेलाडीमा भारतका गौरभ चित्कर र बिपिन चन्द रहेका छन् ।

त्यस्तै दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स खेल्नेछन् । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । विराटनगर राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा छ भने महेन्द्रनगरका कप्तान विनोद भण्डारी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !