६ जेष्ठ २०८१, आइतबार

धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सकाे विजयी सुरुवात


१७ चैत, धनगढी । धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ ।

शनिबार कैलालीको धनगढीमा भएको उद्घाटन खेलमा टीम चौराहा धनगढीलाई ७ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनायो । १ सय ४६ रनको मध्यम विजयी लक्ष्य काठमाडौं गोल्डेन्सले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो ।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई जिताउन बलिङमा शाहब आलमले ह्याट्रिक गर्दा ब्याटिङतर्फ अमित श्रेष्ठले नटआउट ८१ र नरेश बुढाऐरले नटआउट २४ रनको योगदान दिए ।

ओपनिङमै चम्केका अमित श्रेष्ठ
काठमाडौं गोल्डेन्सलाई जिताउन अमित श्रेष्ठले नटआउट ८१ रनको अर्धशतकीय पाली खेले । ६५ बलको सामना गरेका उनले ९ चौका र ४ चौका प्रहार गरे । सुरुवातदेखि अन्तिमसम्म क्रिजमा टिकेका उनले सोमपाल कामी लगायतका बलरहरुलाई कडा चुनौती दिदै चौका र छक्का हिर्काएर टिमलाई जिताएका हुन् । उनी आजको खेलको म्यान अफ् द म्याचसमेत बने ।

अर्को इण्डका ब्याट्सम्यान टिक्न नसकेका बेला श्रेष्ठले विपक्षी बलरहरुलाई भने कडा चुनौती दिदै टिमका लागि पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !