७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री देउवाले दिए बडादशैंको शुभकामना


नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन सबै नेपालीलाई अनुरोध गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान बडादशैंको शुभकामना दिंदै उनले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर बडादशैं मनाउन सबै नेपालीलाई अनुरोध गरेका हुन् ।

आजदेखि विजयादशमी पर्व शुरु भएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सु-स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु । साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !