११ असार २०८१, मंगलबार

आगलागीवाट १५ लाखको क्षति


आगलागी

१३ चैत, पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेमा दुई तले घरमा आगलागी भएको छ ।

गाउँपालिकाका वडासदस्य भुलबहादुर पौडेलको भुकताङ्लेको मोहोरियामा रहेको घरमा सोमबार साँझ साढे सात बजे आगो लागेको हो ।

राति पौने १० बजेसम्म पनि आगो नियन्त्रणमा आएको तथा घरमा भएको कुनैपनि सामान निकाल्न नपाएको वडा अध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए ।

आगलागीमा १५ लाख बढी क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष गुरुङले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !