५ जेष्ठ २०८१, शनिबार

झापा ११ कटारी मेयर गोल्डकप सेमिफाइनल प्रवेश


१३ चैत, उदयपुर । सरस्वती क्लब काठमाडौंलाई ० का विरुद्ध २ गोलले हराउँदै रमपम झापा ११ उदयपुरको कटारीमा जारी मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार गोल्डकपको तेस्रो दिन झापाको तर्फबाट १३ औं मिनेटमा अजय राजवंशी र ८७ आैं मिनेटमा लक्ष्मण चौधरीले गोल गरेका थिए । सरस्वती क्लबका तर्फबाट आधा दर्जन भन्दाबढी गोल प्रहार गरे पनि झापाका गोलरक्षक मनोज प्रधानले गोल गर्न दिएनन् ।
खेलको म्यान अफ द म्यान झापाका गोल रक्षक मनोज प्रधान घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । झापाले अब बुधबार आयोजक कटारी ११ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको साहारा क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
मंगलबारको अन्तिम खेल चर्च व्वाइज युनाइटेड र संकटा क्लबबीच हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !