४ आश्विन २०८१, शुक्रबार

खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर


९ चैत, काठमाण्डाै ।  नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर भएको छ । लामो समयदेखि मिर्गाैला, छाती र नसाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचार भैरहेको छ ।

उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अहिले स्वास्थ्यमा केही सुधार भएको परिवारले बताएका छन् । यसैबीच उहाँको स्वास्थ्य लाभको कामना गर्दै गृहजिल्ला दाङमा पूजाआजा गरिएको छ ।

पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकले खड्काको स्वास्थ्य लाभको कमना गर्दै बिहीबार पूजा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !