४ आश्विन २०८१, शुक्रबार

एसइई परीक्षा अवधिभर लोडसेडिङ नगर्न उर्जामन्त्रीको निर्देशन


barsaman-pun

८ चैत, काठमाण्डौ । उर्जामन्त्री वर्षमान पुनले प्रवेशिका परीक्षा (एसइई) अवधिभर लोडसेडिङ हुन नदिन विहीबार नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

तराईका जिल्लावाट लोडसेडिङका कारण परीक्षाको तयारी गर्न नपाएको र परीक्षा अवधिमा पढ्न नपाएको गुनासो उर्जा मन्त्रालयमा आएपछि मन्त्री पुनले विहीबार घिसिङलाई परीक्षा अवधिभर लोडसेडिङ नहुने वातावरण बनाउन निर्देशन दिएका हुन् ।

‘परीक्षा अवधिभर विद्यार्थीहरुलाई अध्ययन गर्ने वातावरण बनाउनुस्, साँझपख लोडसेडिङ नगर्नुस् । परीक्षा चलुञ्जेल कही पनि समस्या नआओस् । यसलाई मिलाउनुस्, सहज वातावरण बनाउनुस्’, मन्त्री पुनले भने ।

जवाफमा विद्युत प्राधिकरणका प्रमुख घिसिङले तत्काल समस्या समाधान हुने प्रतिबद्धता जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !