४ आश्विन २०८१, शुक्रबार

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु, एक घाइते


child-death

७ चैत, डोटी । दिपायल सिलगढी नगरपालिका ३ दिपायल स्थित कठायत टोलमा माटोको ढिस्कोले पुरीएर एक बालिकाको मृत्यु भएको छ ।

ढिस्कोले पुरिएर एकजना गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिए ।

मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका ११ बस्ने ३ वर्षकी यसोर्या बलायर रहेकी छन् ।

केही दिन पहिले उक्त टोलमा सडक खनेको र सोही सडक खनेको ठाउँमा खेल्दै गर्दा माथी बाट माटोको ढिस्को खसेको थियो । सोही माटोको ढिस्कोले स्थानीय ५६ वर्षीय तेजबहादुर शाहु गम्भिर घाईते भएका प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !