१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओली प्रदेश प्रमुखसँग छलफल गर्दै


Kp oli
 ७ चैत, काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश प्रमुखसँग बुधबार छलफल गर्दै हुनुहुन्छ ।

प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा प्रदेशप्रमुखसँग जानकारी लिने प्रधानमन्त्री ओलीको योजना रहेको उहाँको निजी सचिवालयले जनाएको छ । प्रदेश सरकार बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाउनुभएको हो ।

प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि योे बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल गर्ने सरकारको तयारी छ ।

प्रदेश सरकारले बनाउनुपर्ने कानुनको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला आजको बैठक डाकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !