२५ बैशाख २०८१, मंगलबार

आर्थिक कारोबार बैकिंग प्रणालीमा ल्याउन प्रधानमन्त्रीको निर्देशन


PM with Sachib

५ चैत, काठमाण्डौ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रेमिट्यान्स लगायत सबै आर्थिक कारोबार बैकिंग प्राणलीमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतवार सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै यस सम्बन्धमा अर्थ मन्त्रालयले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

‘स्वाधीन अर्थतन्त्रका लागि आन्तरिक पूँजी परिचालन आवश्यक छ, सबै आर्थिक कारोबार बैकिंग प्रणालीमा आधारित हुनुपर्छ, पूँजीलाई जति परिचालन गर्यो उति गुणात्मक लाभ प्राप्त हुने हुँदा यस सम्बन्धमा अर्थ मन्त्रालयले विशेष ध्यान दिन जरुरी छ’, प्रधानमन्त्री ओलीले भने ।

देश रेमिट्यान्सबाट चलेको बताउदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गरेका छन् । ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !