१२ पुस २०८१, शुक्रबार

सौताको रिसले घरमा आगो लगाउँदा दुई छोराछोरीको मृत्यु


आगलागी

५ चैत, रामेछाप । रामेछापमा सौता–सौतावीचको झगडाले उग्र रुप लिँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

खाँडादेवी गाउँपालिका-६ पन्नेचौर निवासी तारा केसीले आइतबार राति घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा विपिन र ३ वर्षकी छोरी रमीताको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार राति साढे १० बजे तिर छोराछोरी निदाएपछि उनले कटेरोमा आगो लगाउँदा सुतिरहेको अवस्थामा उनका ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर मृत्यु भएको हो ।

आगो लगाउने तारा केसी आफ्नो पतिले कान्छी पत्नी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी थिइन् ।

पतिले अर्की पत्नील्याई आफूलाई हेला गरेकोले छोराछारी र आफू पनि मर्ने भनी आगो लगाएको प्रारम्भिक बयान दिएको थापाले बताए ।

उनका अनुसार आगो लगाउने तारा केसी र उनका पति दिल बहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । -थाहा खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !