१३ असार २०८१, बिहिबार

आगलागीवाट एक करोड ३७ लाखको क्षति


आगलागी

४ चैत, सुनसरी । शनिबार राति भएको आगलागीवाट एक करोड ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

बराह नगरपालिका–११ मधुवनस्थित सरदार टोलमा विद्युत् सर्ट भई आगलागी भएको भनिए पनि आगलागीको कारण भने खुल्न सकेको छैन ।

आगलागीमा ४६ परिवारको ७० घर टहरा जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

आगलागीमा एक करोड ३७ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीमा दर्जनभन्दा बढी चौपाया समेत जलेर मरेका छन् ।

आगो पुरन चौधरीको गोठवाट सल्केको बताइएको छ । गोठवाट सुरु भएको आगो पुरनको घरमा सल्केसँगै ग्यास सिलिण्डर पड्केपछि वस्तीमा आगो फैलिएको प्रहरीले बताएको छ ।

आगो लागेपछि सामान निकाल्ने क्रममा सिलिण्डर ग्यास पड्कदा अमरलाल उराव र प्रभु सरदार घाइते भएका छन्। उनीहरुको इनरुवा अस्पतालमा उपचार भैरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !