२ चैत काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
ब्यूरोले शुक्रबार बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसीसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
यी हुन् पक्राउ पर्नेहरु व्यक्तिहरु
- विष्णु प्रसाद धिताल, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
- ईच्छा बहादुर गुरुङ, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
- सुवर्ण राज भण्डारी, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
- मधुवन लाल श्रेष्ठ, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
- ऋषी राज भट्ट तत्कालिन, एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
- दुर्गा दत्त जोशी, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
- रामचन्द्र बसौला, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
- विकास श्रेष्ठ, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
- सागर न्याैपाने, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
- मानबहादुर राउत , तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
- विनितमणि उपाध्याय, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
- मोहन खरेल, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
- सुदीप थापा, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक