१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति चुनावमा १८ जना सांसदले मत दिएनन्


election ballot

२९  फागुन, काठमाण्डौ । राष्ट्रपतिको चुनावका लागि १८ जना सांसद अनुपस्थित भएका छन् ।

आज भएको मतदानमा प्रतिनिधिसभा र राष्ट्रियसभाका पाँचजना र प्रदेशसभाका १३ सांसद अनुपस्थित भएका हुन् । दुवै उम्मेद्वारलाई मतदान नगर्ने निर्णय गरेका कारण नयाँ शक्ति, विवेकशिल साझा र नेपाल मजदुर किसान पार्टीका उम्मेद्वारले मतदान गरेनन् ।

संघीय संसदका ३ सय २६ जनाले मतदान गरेका छन् । मतदानमा डाक्टर बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव, जितेन्द्र नारायण देव अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै प्रदेशसभाका पाँचसय ४९ सदस्य मध्ये पाँचसय ३६ जनाले राष्ट्रपतिको चुनावमा मतदान गरेका छन् भने १३ जना अनुपस्थित भएका छन् ।

अनुपस्थित हुनेमा प्रेमबहादुर तामाङ, प्रभात गिरी, धनमाया पोख्रेल, रमेश पौडेल, मनिशकुमार सुमन, कृष्णप्रसाद चौधरी, सुरेन्द्र गोसाईं, हरीशरण आचार्य, सृजना सैजु, हिमबहादुर शाही, डिन पन्त, शोभा शाक्य, विराजभक्त श्रेष्ठ छन् ।

आजै बेलुकीसम्ममा राष्ट्रपतिको मतगणनाको अन्तिम परिणाम आउने आयोगले जनाएको छ । वाम गठबन्धनका दलको समर्थन रहेकाले विद्यादेवी भण्डारी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुने निश्चित जस्तै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !