१३ बैशाख २०८१, बिहिबार

उपत्यकामा जोरविजोर प्रणाली हट्यो, सबै सार्वजनिक सवारीसाधन चल्ने


सार्वजनिक सवारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई फेरि थपिएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको आज बसेको संयुक्त बैठकले जारी निषेधाज्ञालाई पर्सी असार २२ गतेदेखि ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

आज बसेको सिडिओहरुको बैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको छ । असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ । ट्याम्पो समेत चल्न पाउने गरी जोरबिजोर लागू गरिएको हो । काठमाडौं बाहिरबाट उपत्यकामा भित्रने सवारीको हकमा जिल्लाबाट अनुमति लिएर काठमाडौं प्रवेश गर्न सक्नेछन् ।

खाद्यान्न पसल लगायत अन्य बजार भने यथावत् रहने छ । त्यस्तै बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको हो ।

तर, स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् । साथै काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ । लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो ।

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !