२७ फागुन, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।
विश्वासको मत दिने भएता पनि संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने सम्भावना नरहेको राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले बताए ।
महतोले भने, एमाले र माओवादीले प्रदेश २ मा हामीलाई भोट हालेर ऋण लगाएका छन् । ऋण चुक्ता गर्न ओलीलाई भोट हाल्ने हो तर, भोट हाल्नुको अर्थ सरकारमा जानु नभएको उनले बताए ।