काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् ।
निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।
हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उनको शपथ र पदबहाली भएको हो ।