७ बैशाख २०८१, शुक्रबार

लुम्बिनी प्रदेश : मदाने, सन्धिखर्क र खजुराको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगारी


बजेट

रुपन्देही । लुम्बिनी प्रदेशका विभिन्न पालिकाले धमाधम नीति कार्यक्रममसँगै बजेट सार्वजनिक गरेका छन् । कतिपय पालिकाले नयाँ आर्थिक वर्ष २०७८/०७९ कोे बजेट समेत सार्वजनिक गरिसकेका छन् भने अधिकांशले नीति कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । पालिकाले कृषि, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएका छन् । कोरोना महामारीका कारण अधिकांश स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार, शिक्षा र सामाजिकक सुरक्षालाई कार्यक्रम भित्र समावेश गरेका हुन् । यहाँका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना नगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

तिलोत्तमाले बजेट समेत सार्वजनिक गरिसकेको छ । सैनामैना नगर उपप्रमुख बिना रानाका अनुसार आगामी आव का लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण, उपचार तथा स्वास्थ्य सेवाको विस्तार र विकासमा केन्द्रीत छ । सम्मरीमाई र गैडहवा गाउँपालिकाले कृषि, शिक्षा, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता दिएर बजेट निर्माण गरेका छन् ।

‘छोरीबुहारी उच्च शिक्षा कार्यक्रम’

गुल्मीको मदाने गाउँपालिकाको प्राथमिकतामा कृषि र पशुपालनमा परेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले नवौँ गाउँसभामा आव २०७८/०७९ को लागि पेश गरेको नीति तथा कार्यक्रममा कृषि र पशुपालन प्राथमिकतामा परेको हो । गाउँपालिकाले कृषि र पशुको व्यवसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा बाख्रा विकास तथा कृषि विकास कार्यक्रम सञ्चालन गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने नीति लिइएको छ ।

गाउँपालिकाले स्थानीय तथा राष्ट्रिय महत्वका खाद्य र पोषण सुरक्षामा टेवा पु¥याउने खाद्य वस्तुको उत्पादन गरी कृषि उत्पादन केन्द्रको स्थापना गर्ने लक्ष्य लिएको छ । विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि निःशुल्क ड्रेश उपलब्ध गराउने, जनज्योती क्याम्पसमा ‘छोरीबुहारी उच्च शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । उत्कृष्ठ कर्मचारीलाई सम्मान , सबै आर्थिक कारोबार बैङ्किक प्रणालीमार्फत सञ्चालन , समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन, अतिविपन्न र असहायहरुको निःशुल्क स्वास्थ्य परीक्षण , फूलखेतीमा प्रोत्साहन तथा बालमैत्री स्थानीय शासन व्यवस्था रहेको जनाइएको छ ।

सो गाउँपालिकाले रु ५४ करोड ७७ लाख ९० हजार बराबरको बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष सरिता खड्काले पेश गरेको बजेट सर्वसम्मतले पारित भएको छ ।

‘स्वस्थ सन्धिखर्क, समृद्ध सन्धिखर्क ’

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा “स्वस्थ सन्धिखर्क, समृद्ध सन्धिखर्क ”बनाउने दिशातर्फ बढी केन्द्रीत गरेको छ ।
कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण तथा उपचार मार्फत स्थानीय अर्थतन्त्र र सामाजिक जनजीवनमा यसले पार्ने प्रभाव न्यूनीकरण गर्ने तर्फ बजेट केन्द्रीत गरेको नगर प्रमुख कमल प्रसाद भुसालले जानकारी दिनुभयो ।

कृषि व्यवसायलाई आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीरण तथा बजारीकरण गर्दै नगरपालिकालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने कार्यक्रम लागू गर्ने गरी नीति तथा कार्यक्रममा रहेको छ ।
“गाउँ घरका फलफूल र तरकारी, बिक्रि गर्ने हाम्रै सहकारी“ भन्ने मूल मन्त्रलाई आत्मसात गरि सहकारी संस्थाहरुलाई नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि तथा पशुजन्य उत्पादनहरु संकलन, भण्डारण र बिक्रि वितरण गर्न परिचालन गर्ने उल्लेख छ ।

खजुरामा उद्यम गर्ने युवालाई विनाधितो ऋण

बाँकेको खजुरा गाउँपालिकाले उद्यम गर्न चाहने युवालाई विनाधितो रु। १५ लाखसम्म ऋण दिने नीतिगत व्यवस्था गरेको छ ।गाउँपालिकाले पारित गरेको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा उद्यम गर्ने युवालाई गाउँपालिकाको सिफारिशमा वित्तीय संस्थामार्फत रु। १० देखि रु। १५ लाख विना धितो ऋण उपलब्ध गराउने कार्यक्रम छ ।

नागरिकलाई उद्यमशील र सीपयुक्त बनाएर रोजगारीको अधिकतम् अवसर सिर्जना गरी गरिबी न्यूनिकरण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँले बहुआयामिक कृषि क्षेत्र विकास गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तर बनाउने नीति रहेको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !