६ जेष्ठ २०८१, आइतबार

प्रदेश ४ : मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने


पृथ्वीसुब्बा गुरुङ

२५ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएको छन् ।

दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्य सूची प्रदेशसभा सचिवालयले तयार पारेको छ ।

‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्नेलगायत कार्यसूची तयार पारेका छौं,’ प्रदेशसभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

६० जना प्रदेशसभा सदस्य रहेकोमा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकाले गुरुङले सजिलै बहुमत प्राप्त गर्नेछन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले नै व्यवस्था गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु