४ आश्विन २०८१, शुक्रबार

रक्तश्राववाट सुत्केरीको मृत्यु


सुत्केरी

२४ फागुन, सोलुखुम्बु । सोलुखुम्बुमा अत्यधिक रक्तश्रावका कारण थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा पर्ने देउसाकी १८ बर्षीया अनिषा राईको ज्यान गएको छ । अत्यधिक रक्तश्रावले ज्यान गएको हो ।

राईको बच्चा भने सामान्य अवस्थामा जन्मिएको थियो । तर रक्तश्राव नरोकिँदा ज्यान गएको जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डाक्टर राजेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

डाक्टर बस्नेतका अनुसार बिहीबार दिउँसो छोरालाई जन्म दिएकी राईको सालनालसंगै पाठेघर समेत योनी मार्गमा आएर रक्तश्राव भएको हो । युटेरश इन भर्जन भएपछि रक्तश्राव हुने र जसलाई रोक्नको लागि पाठेघरलाई तत्काल यथास्थानमा लैजान अस्पतालमा भएको सम्पूर्ण डाक्टरले प्रयास गरेपनि असफल भएको डाक्टर बस्नेतको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !