५ जेष्ठ २०८१, शनिबार

निर्वाचन आयोगले राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्दै


निर्वाचन आयोग

२४ फागुन, काठमाण्डौ । निर्वाचन आयोगले आज बिहीबार राष्ट्रपतिको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।

बुधबार बिहान १० देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको आयोगले आज बेलुकी ६ बजे अन्तिम नामावली सार्वजनिक गर्ने भएको हो ।

आयोग प्रवक्ता नवराज ढकालले अन्तिम नामावली सार्वजनिक गर्नुअघि दिउँसो २ बजेसम्म उम्मेदवार विरुद्ध दाबी विरोध गर्न सकिने जानकारी दिनुभयो ।

यस्तै ४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रपतिको लागि वाम गठबन्धनबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ । फागुन २९ गते राष्ट्रपतिको चुनाव हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !