६ जेष्ठ २०८१, आइतबार

चौधरीको रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने रुकमणीको चेतावनी


Press Conference

२३ फागुन, काठमाण्डौ । पूर्व सभासद रुकमणी चौधरीले २०७२ सालमा घटेको कैलालीको टिकापूर घट्ना नितान्तै राजनीतिक भएको दाबी गरेकी छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयूक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन ।

टिकापूर घटनाको सत्य तथ्य सहितको प्रतिवेदन तयार पारिएपनि सार्वजनिक नगरिएकोमा आपत्ति जनाएकी छन् ।
उनले भनिन्,‘टिकापूर घट्ना राजनीतिक थियो, आज त्यही आन्दोलनको नाममा कयन ब्यक्तिहरुलाई झुठा मुद्दा लगाएर जेलामा कोच्ने काम राज्यबाट भएको छ, हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन, रहस्यपूर्ण आन्दोनलनपछि हाम्रो समुदायमाथि राज्यले गरेको दुव्र्यबहारलाई हामीले धेरै सहदैनौं ।’
उनले अघि थपिन,‘विगत चार दिनदेखि अनसनमा बसेका रेशमलाल चौधरी लगायत सबैको ज्यान जोखिममा छ, सरकारले अनसन तोडाउने प्रयास गरोस् हाम्रा मागहरु पूरा गर्ने कष्ट गरोस् ।’

त्यस्तै संघर्ष समितिका केन्द्रिय सदस्य किशोर विश्वासले थारुलाई दासत्व र आन्तरिक उपनिवेशमा राखिएको आरोप लगाए ।
उनले भने,‘यो मुलुकमा हाम्रो कुनै अस्तित्व स्विकार गरिँदैन, हाम्रा माँगहरुको बारेमा राज्य जहिलेपनि निरीह छ, टिकापूर आन्दोलनको नाममा हाम्रो मुक्तिको आन्दोलनलाई कमजोर बनाउने कोसिस भयो, तर हामी किहिल्यैपनि पछि हट्दैनौं, हाम्रो आन्दोलन जारी छ, आत्मनिर्णयको अधिकारयूक्त थरुहट राज्य हाम्रो माग हो।’
उनले अघि थपे,‘वर्तमान संविधानले निर्धारणको गरेको ७ वटा प्रदेशको नामाङकन र सिमाङकन हामीलाई चित्त बुझेको छैन्, यहाँ कानून हातमा लिएर कम्जोर वर्ग र जातीमाथि प्रहार गर्ने गरिन्छ कदापि स्वीकार्य छैन्।’

चौधरी जनताको मतबाट आएको बताउँदै विश्वासले भने,‘हाम्रो देशमा ठूलालाई चैन सानालाई ऐन हुन्छ भन्थे हो रहेछ, आदालतबाट दोषी ठहर भएका र प्रहरीद्वरा  ईन्टरपोलको नोटिस काटिएका नवराज सिलवाललाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गाडीमा बोक्छन्, तर राजनीतिक आन्दोलनका आन्दोनकर्मी रशेमलाई जेलहान्छन्, उनले त अदालतको आदेशलाई सिरोपर गरेर अदालतमा उभिए, उनलाई धन्यवाद छ, आधिकारिक रुपमा टिकापुर घटनाको बारेमा प्रतिवेदन सार्वजनिक होस्, कसैलाई जेलमा कसैलाई संसदमा यति विभेदकारी राज्यको बिरुद्धमा हामीले धावा बोल्नेदिन आयो भने त्यसको सबै क्षति राज्यले नै व्यहोर्नु पर्नेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !