![accident-logo](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2017/11/accident-logo.jpg?fit=660%2C330&ssl=1)
२३ फागुन, काठमाण्डौ । माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका–१०, वीरेनचोकमा बा३ख ४६५८ नम्बरको माइक्रोबस दुर्घटना हुँदा तनहुँको आँबुखैरेनी –१ घर भई मनकामना बहिरा मावि गोरखा कक्षा ५ मा पढ्ने श्रद्धा गौली रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा परी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए । घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।