४ आश्विन २०८१, शुक्रबार

साहित्यकार इन्द्रबहादुर राईको निधन


Rai

२२ फागुन, काठमाण्डौ । नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी राईको दार्जिलिङ लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्।

भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा ठूलाे योगदान पु-याएका छन् । उनले ‘विपना कतिपय’ र ‘आज रमिता छ’ जस्ता शुरुवाती कृतिवाट नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको बताइन्छ।

उनको आयामेली आन्दोलन र लीलालेखनले पछिल्लो पुस्ताका लेखकलाई समेत प्रभावित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !