१७ असार २०८१, सोमबार

प्रधानमन्त्री अब्बासी र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न


Prachanda, Aabasi meet

२२ फागुन, काठमाण्डौ । दुर्इ दिने नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकन अब्बासी र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

पाकिस्तानका प्रधानमन्त्री अब्बासीलार्इ भेट्न मंगलबार विहान प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू अब्बासी बसेको होटेल हयात पुगेका थिए।

भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महराको सहभागिता र पाकिस्तानको तर्फबाट प्रधानमन्त्री अब्बासीसहित नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदसहितका पाकिस्तानी अधिकारीहरूको सहभागिता रहेको थियो ।

भेटका अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताउँदै निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका थिए । उनले नेपालको भविष्य निकै उज्वल रहेको भन्दै समृद्धिका लागि शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ।

साथै प्रधानमन्त्री अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

छलफलमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महत्वपूर्ण भूमिका खेलेको, सार्कले क्षेत्रीयस्तरमा व्यापार, लगानी, पर्यटन तथा कनेक्टिभिटी जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको हुँदा सार्कलाई गतिशील बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

अब्बासी अाजै दुर्इ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किँदै छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !