४ आश्विन २०८१, शुक्रबार

संघीय संसद्को अधिवेशन आजदेखि,  यस्तो छ कार्यसूची


sapath-1

२१ फागुन, काठमाण्डौ । संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्नेछ। बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पहिलो बैठकले संघीय संसद्का पदाधिकारी चयनको प्रक्रिया अघि बढाउनेछ।

प्रतिनिधिसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य महन्थ ठाकुरले र राष्ट्रिसभाको अध्यक्षता ज्येष्ठ सदस्य तारादेवी भट्टले गर्ने छन्।

यस्तै, राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री चयन तथा मन्त्रीको कार्यविभाजन सम्वन्धी पत्र पनि सदनको जानकारीका लागि वाचन गरिनेछ।

पहिलो बैठक भएकाले शहीदहरुको सम्मानमा मौनधारण गर्ने र प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिमण्डल बिस्तारबारे जानकारी गराइने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !