७ मंसिर २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच टेलिफोन वार्ता


राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच टेलिफोन वार्ता भएको छ। उक्त वार्तामा भण्डारीले सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् ।

राष्ट्रपति कार्यालय अनुसार बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको हो । चिनियाँ राष्ट्रपति सीले हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर रहेको बताएको स्रोतले बतायो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !