८ मंसिर २०८१, शनिबार

मधुसूदन सुबेदीको ७५ औ कृति विमोचन सम्पन्न


Nepal Importance Book opening नेपाल महात्म्य तथा नेपालका तीर्थस्थल परिचय

१८ फागुन, काठमाडौं बैदिक तथा सनातन संस्कृतिका ज्ञाता तथा ७४ भन्दा बढी धार्मिक पुस्तकका लेखक श्री मधुसूदन सुबेदीद्वारा लिखित नेपाल महात्म्य तथा नेपालका तीर्थस्थल परिचय सम्वन्धी पुस्तकको आज फागुन १८ गतेका दिन विमोचन भएको छ । सुबेदी कल्याण प्रतिष्ठानको आयोजनामा हार्दिक होटेल, बागबजारमा प्रा. डा. वासुदेव त्रिपाठीले उक्त पुस्तकको बिचोचन गर्नु भएको हो ।

सुबेदी कल्याण प्रतिष्ठानका अध्यक्ष प्रा. डा. राजेन्द्र सुबेदीको सभापतित्वमा भएको कार्यक्रम नेपाल टेलिभिजनका समाचारवाचक शालिक सुबेदीले संचालन, पुर्व सांसद कमला कुमारी सुबेदी घिमिरेले स्वागत मन्तब्य गर्नु भएको थियो l प्रमुख अथिति प्रा. डा. वासुदेव त्रिपाठी, विशेष अथिति प्रदिप ज्ञवाली, अथिति प्रा. डा. भवानी प्रसाद खतिवडा र प्रा. डा. राजेन्द्र सुबेदीले पुस्तकको बारेमा समीक्षा तथा टिप्पणी गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रा. डा. वासुदेव त्रिपाठीले मधुसूदन सुबेदीले नेपाली बैदिक तथा सनातन धार्मिक संस्कृतिमा ठुलो योगदान गरेको बताउदै यो पुस्तकले अझ नेपाल र नेपालका तीर्थस्थलहरुको बारेमा खोज तथा अध्ययन अनुसन्धान गर्नेको लागि उपयोगी हुने बताउनु भयो। त्यस्तै नेकपा एमालेका सचीव तथा संघीय संसदका सदस्य माननीय प्रदिप ज्ञवालीले मधुसूदन सुबेदीको यो कृतिले नेपालको परिचय र नेपालका विशिष्ट मौलिक पहिचानको बारेमा सम्पूर्ण जानकारी दिने बताउनु भयो।

प्रा. डा. राजेन्द्र सुबेदीले नेपाल महात्म्य नामक प्रस्तुत ग्रन्थलाई ग्रन्थकार श्री मधुसूदन सुवेदीले नेपालको सांस्कृतिक उर्जा, ऐतिहासिक र नेपाली समाजका आध्यात्मिक उर्जा, आदिकालदेखि  नेपाली जीवनका विशिष्टताहरूसँग वर्तमानसम्म पनि जोडिएर आएका र जीवनलाई मार्ग निर्देश गरिहेका र बँचेका मूल्यहरू यहाँ रहेका बनाउनु भयो । आफ्नो पुस्तक बिचोचन समारोहमा उक्त पुस्तकका लेखक मधुसूदन सुबेदीले विशिष्ट व्यक्तित्वले आफनो पुस्तकको बारेमा गरेको समीक्षा तथा टिप्पणीले आफूलाई थप उर्जा मिलेको र भविष्यमा पनि अझ शशक्त कलम चलाउने बताउनु भयो ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७४ भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ । यो उहाँको ७५ औ कृति हो । यस पुस्तकको मूल्य चार सय रुपैया (रु. ४००/-) रहेको छ ।

Nepal Importance Book


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !