११ बैशाख २०८१, मंगलबार

सिंहदरबारभित्र मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडी कच्याककुचुक


काठमाडौँ । प्रदेश नम्बर १ का मन्त्रीको गाडीलाई उपसचिवको गाडीले ठक्कर दिएको छ । सिंहदरबारको मूल गेट अगाडि सोमबार दिउँसो को १ झ ६९९ नम्बरको गाडीलाई बा २ झ १९६१ नम्बरको गाडीले ठक्कर दिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको गाडीलाई पछाडिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाको गाडीले ठक्कर दिएको हो ।

महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालका अनुसार दुबै गाडीमा सामान्य मात्रै क्षति पुगेको हो । उनका अनुसार दुर्घटना हुँदा मन्त्री सवार थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !