१३ असार २०८१, बिहिबार

चितवनका निजी विद्यालयले शुल्क प्रस्ताव पेस गरेनन्


चितवन, १६ वैशाख । चितवनका निजी विद्यालयले सरकारले जारी गरेको निर्देशिकाको विरोध गर्दै जिल्ला शिक्षा कार्यालयमा शुल्क प्रस्ताव पेस गर्न अस्वीकार गरेका छन् ।

तह वृद्धि गर्नुपर्ने १० वटा निजी विद्यालयबाहेक अन्य कसैले पनि शुल्क प्रस्ताव पेस गरेका छैनन् । जिल्लामा निजी विद्यालयको सङ्ख्या १६९ रहेको छ ।

यसअघिको निर्देशिकामा माघ मसान्तसम्ममा शिक्षक अभिभावक सङ्घ र विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर शुल्क प्रस्ताव गर्नुपर्ने व्यवस्था भएअनुरुप यहााका सबै निजी विद्यालयले शुल्क प्रस्ताव पेस गरेका थिए ।

मन्त्रालयले फागुन २७ गते जारी गरेको संस्थागत विद्यालय शुल्क निर्धारण निर्देशिकामा भने अभिभावक भेलाले शुल्क अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोपश्चात् जिल्ला शिक्षा कार्यालय चितवनले चैत ३ गते संस्थागत विद्यालयका प्रधानाध्यापकसाग बैठक बसेर यस सम्बन्धमा छलफल गरेको जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालले बताउनुभयो ।

कार्यालयले चैत १९ गतेभित्र शुल्क प्रस्ताव पेस गर्न पत्राचार गरेको भए पनि सो समयमा तह वृद्धि गर्नुपरेका १० विद्यालयले मात्रै शुल्क प्रस्ताव पेस गरेको उहााले बताउनुभयो ।

कार्यालयले पुनः वैशाख ७ गते अर्काे सूचना जारी गरी १५ दिनभित्र शुल्क प्रस्ताव पेस गर्न भनेको छ ।

निजी विद्यालयले भने नयाा निर्देशिका नमान्ने जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन -प्याब्सन) चितवनका अध्यक्ष बेलबहादुर गुरुङले नयाा बनेको निर्देशिका आफूहरूले नमान्ने भएका कारण माघ महिनामा पेस गरेको शुल्क प्रस्ताव पुनःपेश गर्न नचाहेको बताउनुभयो ।

नयाा निर्देशिकाअनुरुप विद्यालय सञ्चालन हुन नसक्ने भन्दै निजी विद्यालयले जिल्ला शिक्षा कार्यालयमार्फत मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !