८ बैशाख २०८१, शनिबार

तीनकुनेमा भेटिएको शंकास्पद वस्तुलाई सेनाद्वारा निष्क्रिय


bambispot

८ फागुन, काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा काठमाण्डौको तीनकुनेस्थित वागमती पुलनजिकै भेटिएको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पारेको छ ।

पुलनजिकै रूखमुनि झोलामा ‘खतरा’ भनेर राखिएको वस्तु बम हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।

खाली झोलाभित्र कागजका पोका मात्र राखेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक रवि पौडेलले बताए । उक्त झोला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राखेको हुन सक्ने पैडेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !