२ जेष्ठ २०८१, बुधबार

प्रदेश नम्बर ३ को राजधानी काठमाण्डौ उपत्यकाभित्र हुँनै नसक्ने, मुख्यमन्त्री पौडेल दावी


mailman

७ फागुन, काठमाण्डौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले माउन्टेन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा कुराकानी गर्दैं मुख्यमन्त्रीको लागी चुनाब लड्ने बेलामा अस्टलक्ष्मी शाक्यले आफूलाई मुख्यमन्त्रीको प्रतिस्पर्धामा भाग नलिन अनुरोध नगरेको र यदि शाक्यले अनुरोध गरेको भए आफूले चुनाबमा भाग लिने-नलिने बारे सोच्न सक्थे,तर शाक्यलाई चुनाब सजिलै जित्ने साहस भएर चुनाब लडेको पौडेलले बताए ।

पार्टीको सल्लाह सुझाब अनुसार आफू चल्ने बताउँदै पौडेलले भने-मुख्यमन्त्री भनेको काम गर्न सक्ने चाहिन्छ,त्यो काम गरेर देखाउन सक्ने खुबी देखेरै एमालेभित्र धेरैले समर्थन गरेरै आफूलाई जिताएको पौडेलको भनाई छ ।

मुख्यमन्त्रीले गर्ने काम-कारबाही बारे कुनै पनि ऐन-कानुन बनेको छैन।मुख्यमन्त्रीले के-काम गर्ने भन्ने कुरा नै थाहाँ छैन,त्यसैले आजको भोली नै परिवर्तन खोज्नु गलत हुन्छ । प्रदेश ३ मा जलस्रोत,पर्यटन लगायत अथाह सम्भावना छ तर अहिले लथालिंग,अस्तव्यस्त छ । यसलाई योजनाबद्ध तरिकाले काम गर्दा प्रदेश ३ सम्पन्न प्रदेश बन्छ ।

पौडेलले अगाडी भने- कुनैदिन एक रुपैंया मात्रै भ्रष्टचार गरेको गन्ध मात्र आयो भने तत्काल राजिनामा दिन्छु र प्रदेश ३ लाई भ्रष्टचारमुक्त बनाउँछु । इजरायलमा काम गर्ने नेपालीहरुले खेतीमा सिपेका सिपलाई नेपाली भूमिमा प्रयोग गर्ने बताउँदै आफूले योजना बनाउने बित्तिकै इजरायलका नेपालीहरुलाई नेपालमै आएर काम गर्न आव्हान गर्ने पौडेलले बताए ।

प्रदेश ३ को अन्यत्र जुनसुकै जिल्लामा पनि राजधानी हुन सक्छ तर काठमाडौं,ललितपुर र भक्तपुर उपत्यकाभित्र कुनैपनी हालतमा प्रदेश ३ को राजधानी हुँनै नसक्ने पौडेलले दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !