२७ माघ, रसुवा । रसुवाको नौकुण्ड– ५ स्थित सिसनेरीको एक घरमा आगलागी हुँदा जलेर वीरबहादुर मोक्तानकी ७ वर्षीया छोरी रुपोला, उनकै ३ वर्षीया छोरी मंगली र धनबहादुर मोक्तानकी ६ वर्षीया छोरी अस्मिता मोक्तान गरि तिन बालिकाको मृत्यु भएको छ ।
भूकम्पवाट घर भत्किएपछि उनीहरू बसेको अस्थायी टहरामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सरोजकुमार थापा क्षेत्रीले जानकारी दिए ।