१ मंसिर २०८१, शनिबार

हराएको १० महिनापछि फेसबुकवाट भेटिए खेमराज


facebook

२७ माघ, दमक (झापा) । झापको दमक–१ का १२ वर्षीय खेमराज राजवंशी हराएको १० महिनापछि भारतबाट भेटिएका छन् । पीडामा १० महिना बिते पनि ती बालक र परिवार जोड्ने माध्यम बन्यो फेसबुक । फेसबुकमा हालेको सूचनाका आधारमा उनको खोजी गर्दै जाँदा खेमराज कहिल्यै नपुगेको ठाउँ भारको पश्चिम बंगालस्थित जलपाइगुडीबाट भेटिएका हुन् ।

यसरी हराए

उनी खेमराज गत बैशाखमा दमक चोकसम्म घुम्न भनि निस्किएका थिए । तर केही व्यक्तिले उनलाई बाटैमा कुटपीट गरे। बजार घुम्न आएको बारे बुबालाई भनेर थप पिट्न लगाउने त्रास देखाए । त्यसपछि उनलाई घर जाने आँट आएन । साथमा एक सुक्का पनि थिएन, तर डर लुकाउने ठाउँ काही नभेटेका उनले घर नगई भाग्ने हिम्मत कसे । ‘घर गयो भने त बुबाले कुट्नु हुन्छ भन्ने लाग्यो । त्यसैले जहाँ पुगिएला, पुगिएला भनेर पूर्व जाने बसमा चढेँ’ १० महिनापछि घर फर्किएका उनले भने, ‘बसको भित्र पस्दा पैसा लिन्छ भनेर हुटमा चढेर काँकडभिट्टा पुगेँ ।’

काँकडभिट्टा पुग्दा पनि उनको डर हराएन । खोज्दै आइपुग्छन् भन्ने लाग्यो । त्यसैले खोला तरेपछि भारत पुगिन्छ भन्ने थाह पाएपछि उनी भारतको पश्चिम बंगालस्थित सीमावर्ती बजार पानीट्याङ्की पुगे । २ दिन त बिना पैसा पानीट्याङ्ी र सिलगुडी ओहोर दोहोर गरेरै बित्यो । सडक किनारामानै सुते, जे भेटेको खाए । त्यसपछि भारतकै हल्दिया पुगेका उनले बिना तलब होटलमा काम गर्ने जागिर पाए ।

करिव ५ महिना त्यहाँ काम गरेपछि घर फर्कन मन लाग्यो । ‘अब त घर गए पनि बुबको रिस म¥यो होला भन्ने लाग्यो, जतिखेर पनि घरकै याद आइरहयो’,उनले थपे,‘तर घर आउन हिँडेको रेल चढेर कलकत्ता पुगे छु, केही दिन घुमेर फेरि जलपाइगुडी फर्किएँ ।’ कहाँ जाने, के गर्ने गन्तव्य हराएर भौतारिँदै गर्दा उनलाई केही व्यक्तिले समाते र सोधखोज सुरु गरे । ‘डर लाग्यो नि, रोएँ पनि तर सबै कुरा भने’,उनले भने, ‘त्यसपछि कोरोकोममा लग्यो । त्यहाँ १ सय जना म जस्तै हराएका र भागेका मेरै उमेरका मान्छे थिए । मलाई पनि त्यहीँ राख्यो ।’ उनले पनि त्यहीँ बंगली भाषा पढे करिव ५ महिना । अहिले उनी बंगाली र हिन्दी भाषा पनि बुझ्ने भएका छन् ।

यसरी भेटिए

दमक–२ को हिमालय माविमा कक्षा २ मा पढ्ने खेम हराएपछि परिवारले खोजी थाल्यो । हजुरबुबा गोविन्दले भने, ‘प्रहरीले निवेदन दियौँ, कोशीदेखि काँकडभिट्टासम्म खोज्यौं कहीँ भेटिएको थिएन । इण्डिया गयो भन्ने त लाग्दै लागेन । यति सानो केटो कसरी जाला र इण्डिया भन्ने लाग्यो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज बस्नेतले बालक हराएको बारे फेसबुकमा जानकारी हालेका थिए ।

केही समयपछि उनलाई साना हातहरू नामक संस्थाले पनि उनको खोजी गरी रहेको थाह पाए । सोही संस्थाको माध्यमबाट खेम आश्रित वाल गृहमा पुगेपछि उनी भेटिएका हुन् । खेमका छिमेकीसमेत रहेका बस्नेतले भने, ‘जलपाइगुडीमा चाँही सरकारी बालगृह जस्तो ठाउँमा उनीहरूलाई राखिएको रहेछ । फेसबुकमा राखेको जानकारीमा संस्थाको पनि ध्यान गएपछि खोजी गर्दा उनको पत्तो लागेको हो ।’-थाहा खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !