१२ असार २०८१, बुधबार

मालपोत कार्यालय प्रांगणमा कसले गराए बम विस्फोट ?


बम विस्फोट

काठमाडौं । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट हुँदा विस्फोटमा परी ५ जना घाइते भएका छन्। लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट हुँदा ५ जना घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको एक प्रहरीले जानकारी दिए ।

गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको एसपी सुदीपराज भण्डारीले इकान्तिपुरलाई बताए । एसपी सुदीपराज भण्डारीका अनुसार आज बिहान जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)का नेता रामविलाश यादवले प्रेस विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका थिए। उक्त समूहको असन्तुष्ट पक्षले हो वा अन्य कसैले विस्फोट गराएको हो त्यसबारे छानबिन गरिरहेको एसपी सुदीपराज भण्डारीले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !