४ आश्विन २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा धुर्मुसको एकीकृत बस्ती उद्घाटन


rashtapati

२३ माघ, काठमाण्डौ । माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको एकीकृत नमुना सन्तपुर बस्तीको एक दिन अगावै उद्घाटन गरिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो ।

उद्घाटन कायक्रममा प्रदेश प्रमुख रन्तेश्वर लाल कायस्थ, मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको छ । सो नमुना बस्ती गत असोज ४ गते शिलान्यास गरिएको थियो। २८४ जना बासिन्दाका लागि ४७ वटा घरका साथै सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यु टावर गरी ५० संरचना निर्माण भएका छन् ।

गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गर्दै आएका थिए । Nagariknews


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !