६ बैशाख २०८१, बिहिबार

ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई राहत र पुनर्स्थापनाको व्यवस्था मिलाउन राष्ट्रपति भण्डारीको आग्रह


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार एक वक्तव्य जारी गर्दै ताप्लेजुङको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छन् । भण्डारीले आगलागी प्रभावितहरुका लागि यथाशीघ्र राहत तथा पुनर्स्थापनाको पहल गर्न सरकारसँग आग्रह समेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘ हावाहुरी र खडेरीको मौसममा हुने आगलागी जस्ता विपद्को जोखिमको न्यूनिकरण गर्न पूर्व तयारीका साथै आवश्यक सचेतनासहित सुरक्षित संरचनाको विकास गर्नुपर्ने खाँचो महसुस गरेको छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !