३ असार २०८१, सोमबार

चालकको लापरबाहीले गर्दा ६ जना यात्रुको मृत्यु


accident

१३ माघ, जनकपुरधाम । काठमाण्डौवाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार विहान २ः३० बजे धनुषाको गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी चक्रबहादुर सिंहका अनुसार तिब्र गति भएका कारण जिप अनियन्त्रित भइ सडकवाट करिब ५० फिट तल पोखरीमा झरी दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा धर्मदेवी नगरपालिका ९ संखुवासभाका २९ वर्षीय नवराज जिमी, मोरङका ४० वर्षीय खेमकुमार रानामगर, मोरङकै ३३ वर्षीय प्रह्लाद न्यौपाने, विराटनगर महानगरपालिका ४ मोरङकी ३५ वर्षीया शारदा रेग्मी दाहाल, पाँचथरका ३१ वर्षीया प्रनिता राई र खोटाङका २७ वर्षीय ज्ञानबहादुर चौहान रहेका छन् ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् भने पाँच मध्ये एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते संखुवासभा धर्मदेवी ९ का २२ वर्षीय छत्रबहादुर जिमीलाई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !