१० पुस २०८१, बुधबार

गिनिज बुकमा नाम लेखाउने ऋषिको सपना जीवितै


risi pariwar

१२ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिका– ३ का ऋषि परियारलाई आफ्नो कला गिनिज बुकमा लेखाउने सपना छ । तर आर्थिक अभावले गर्दा उनले अहिलेसम्म त्यो सपना पूरा गर्ने सकेका छैनन् । २६ वर्षका परियार हातले हिँडेर एक घण्टा १० मिनेटमा तीन किलोमिटरसम्म हिँड्न सक्छन् ।

लामो दूरी पार गरेर विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । तर आर्थिक अभावमा उनको विश्व कीर्तिमान कायम गर्ने सपना पूरा हुन सकेको छैन । तर पनि उनले हिम्मत भने नहारेको बताए ।

जसरी पनि विश्व कीर्तिमान कायम गरेरै देखाउने लक्ष्य लिएका परियार भन्छन्, ‘अहिले गिनिज बुकका लागि फारम भरेको छु, त्यसैको पर्खाइमा बसेको छु ।’ हातले टेकेर लामो दूरीको यात्रा पार गरेर विश्व कीर्तिमान कायम गरेर देखाउने प्रक्रियामै रहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !