६ मंसिर २०८१, बिहीबार

रिहा भएपछि डा. केसीले भने- आदेशप्रति सकारात्मक छु


Dr. Govinda KC released from SC 03 Dr. Govinda KC talks to the media after being released by the Supreme Court at Kathmandu on Wednesday, January 10, 2018. Photo: Bijay Gajmer/Republica/Nagarik

२६ पुस, त्रिविकाठमाण्डौ । प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् । अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए । तर, न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।

प्रहरी हिरासतवाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतवाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।’ तर, धेरै मागहरु रहेको भन्दै उनले अघि भने, सत्याग्रह स्थगित हुन्छ कि निरन्तरता दिने भनेर भोलि निर्णय लिन्छु ।’ उनले आफ्नो पक्षमा बहस गर्ने तथा समर्थन गर्ने सबैप्रति आभार प्रकट गरे । डा. केसीको तर्फवाट बहस गरेका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि अदालतको आदेशलाई सकारात्मक रुपमा लिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !