८ पुस २०८१, सोमबार

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका २७ गते सार्वजनिक हुने


goverment office

२५ पुस, काठमाण्डौ । राष्ट्रिय सभा निर्वाचनको मिति सरकारले घोषणा गरेपछि निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा लागेको छ । गत शक्रबार माघ २४ गते गर्नेगरी सरकारले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।

‘मिति घोषणा भएपछि आयोग राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेको छ , विहिबार आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम गरिरहेको छ’ आयोग प्रवक्ता नवराज ढकालले बताए । यसअघि आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुष २५ अर्थात आजसम्मका लागि दल दर्ताको समय दिएको थियो ।

सातै प्रदेशमा मतदाता नामावली संकलन,निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ । त्यस्तै दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने गरी योजना बनाइरहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !