२४ बैशाख २०८१, सोमबार

प्रधानन्यायाधीशले सुवेदीलाई च्यापेपछि सुष्मालताले उच्च अदालतको नेतृत्व पाइनन्


pradan

२१ पुस, काठमाण्डौ । आफ्ना नातेदार र विश्वास पात्र  नहकुल सुवेदीलाई प्रधान्यायाधीश गोपाल पराजुलीले च्यापेपछि सात उच्च अदालतमध्ये एउटाको पनि नेतृत्वमा महिला न्यायाधीश नहुने भएका छन् । न्यायपरिषद्ले चार उच्च अदालतमा  मुख्य न्यायाधीश बिहीबार सिफारिस गरेको छ ।  तुलसीपुर उच्च अदालतमा नहकुल सुवेदी, जनकपुरमा उदय चापागार्इँ , दीपायलमा यज्ञ बस्याल  र सुर्खेतमा हरिकुमार पोखरेललाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

सिफारिश भएकामध्ये चापागाईँ, बस्याल र पोखरेल उच्च अदालतका लागि क्रमशः पहिलो दोस्रो र तेस्रो रोलक्रमका न्यायाधीश थिए । पाटन उच्च अदालतको हेटौंडा इजलासकी सुष्मालता माथेमा वरिष्ठ न्यायाधीशमध्ये चौंथो नम्बरमा पर्थिन् । तर प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार सुवेदीलाई तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीशमा जोड गरेपछि माथेमा मुख्यन्यायाधीश बन्नबाट बन्चित भएकी हुन् । पराजुलीले सुवेदीलाई ल्याउन बल नगरेको भए वरिष्ठताकै आधारमा  सुष्मालता माथेमा मुख्य न्यायाधीश हुने थिइन् ।

पराजुलीले  नातामा ज्वाइँ पर्ने सुवेदीलाई प्रधानन्यायाधीश भएको महिना दिन नपुग्दै न्यायपरिषद्को सचिवबाट सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार नियुक्त गरेका थिए । मुख्य रजिष्ट्रार भएको ६ महिनामै  सुवेदीलाई  पराजुलीकै जोडबलमा उच्च अदालतको मुख्य न्यायाधीश  सिफारिश गरिएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !