भदौ २८, काठमाण्डौ । कोरोनाको महामारीका कारण देशभर संक्रमण फैलिरहेको समयमा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य यतिबेला कोरोना संक्रमण भएर सोल्टी होटलको हाइसोलेसनमा बसेका छन् ।
नागरिकलाई संक्रमण भए पनि घरमै बसिदिन आग्रह गरेर महानगरका प्रमुख भने होटल सोल्टीमा महङ्गो पैसा खर्च गरेर सोल्टी होटलमा बसेका हुन् ।
अहिले ७ हजार ३ सय ८७ जना संक्रमित घरमै छन् । तर मेयर शाक्य भने अहिले श्रीमती र छोरालाई पति त्यही होटलमा राखेका छन् ।